प्रेमप्रसादको आ’त्मदाहको कारण राज्य हो : मेयर बालेन


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रेमप्रसादको मृत्युको प्रमुख कारण राज्य भएको आरोप लगाएका छन्। उनले स्ट्याटस लेख्दै इलामका प्रेमप्रसाद आचार्यको आ’त्मदाहको कारण राज्यको असफलता भएको बताएका हुन्। एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छ। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्मह”त्या गर्न लागेको खबर गर्छन्’, आ;’त्मदहको सबैभन्दा ठूलो कारण राज्य भएको बताउँदै मेयर शाहले भने, ‘

एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आ”त्मदाह गर्छन्। त्यो आ”त्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’ उक्त घटना हुनु भनेको राज्यका हरेक तप्का, निकाय र अंग असफल हुनु भएको उनले बताए। उनले भने, ‘ उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्।’

सत्ताका अगुवाका रुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ। सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन।’ सञ्चारमाध्यमहरु कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठूल्ठूला समाचार बनाउनैमा व्यस्त रहेको आरोप उनले लगाएका छन्।

नागरिक, जनप्रतिनिधि, सञ्चारमाध्यम सबै आफ्नो दायित्व पूरा नगरेको बताउँदै मेयर शाहले भने, ‘नागरिकले गर्नु पर्ने सामान्य दायित्व पूरा गर्नु पर्ने चेत हाम्रो छैन। हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन। जनप्रतिनिधिका रुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन। प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ।

धेरै प्रयास गर्दा पनि असफल भएपछि प्रेमप्रसादले आ”त्मदाह गरेका उनले बताए। उनको आ”त्मदहमार्फत आचार्यले विद्रोह गरेको बताउँदै उनलाई श्रद्धाञ्जली दिए। उनले भने, ‘त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो। उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’ उनले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आ”त्मदाहको प्रयास गरेका थिए। प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो।

यो पनि पढ्नुहोस
नेपाल प्रहरीले पेट्रोलियम पदार्थलाई खुलारुपमा बोतल र जर्किनलगायतका सामग्रीमा बिक्री नगर्न र सिधै सवारीसाधनमा भर्न आग्रह गरेको छ। अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ खुलारूपमा बिक्रीवितरण गर्दा असुरक्षा बढेकोले उक्त निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जारी गरेको विज्ञप्तीमा उल्लेख छ। मंगलबार दिउँसो नयाँबानेश्वरको संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए। सोही घ”टना भएपछि असुरक्षा भएको भन्दै प्र”हरीले उक्त विज्ञप्ती मंगलबार राती सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आदेश दिएका छन्। पेट्रोलपम्पबाट सिधै सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्र”हरीले जनाएको छ ।