गृहमन्त्री लामिछानेले भने- प्रेमप्रसादजी,आशा जगाउन सकेनौं,हामी दोषी छौं


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपचारका क्रममा नि’धन भएका इलामका प्रेमप्रसाद आचार्यलाई बचाउन नसकेको भन्दै दु:ख व्यक्त गरेका छन्। गृहमन्त्री लामिछानेले हिजोदेखिको निराशा र पीडा नै आ”त्मदाहको मुख्य कारण भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र,भनेका छन्।

‘एउटा नागरिकले अ”त्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ,आ”त्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन,आशा जगाउन सकेन,आ”त्मदाहको निर्णय फेर्न सकेन।

यसमा हामी दोषी छौं,म दोषी छु। प्रेम आचार्य जी,नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्,’उनले लेखेका छन्। मंगलबार बेलुका संसद भवन अगाडि आचार्यले शरीरमा आगो लगाएर आ”त्मदाहको प्रयास गरेका थिए। घा”इते भएका आचार्यलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको आज बिहान नि”धन भएको हो।

यो पनि पढ्नुहोस
रोल्पामा आमा-छोरा मृत फेला परेका छन्। रोल्पा नगरपालिका वडा नं. ६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृ’त फेला परेका हुन्। रून्टीगढी गाउँपालिका वडा नं. ७ बलबाङस्थित एक घरमा झु”ण्डिएर आत्मह”’त्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार बलबाङका स्थानीय सुन्दर चलाउनेको खाली घरभित्र बलोमा एउटै सल का”टेर दुई वटैले सोही सलको प्रयोग गरी झु”ण्डिएर आत्मह”त्या गरेको भन्ने खुलेको छ।

”घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली पुगेको प्रमुख घिमिरेले बताए। चलाउनेको घर विगत डेढ वर्षदेखि खाली रहेको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ। चलाउने र मृ”तकका बीचमा पहिलेदेखि नै चिनजान रहेको भन्ने खुलेको डिएसपी घिमिरेले बताए। आमा-छोरा एक दिन पहिले मात्रै त्यहाँ आएको स्थानीयले बताएका छन्। उनीहरू काठमाडौंमा इट्टाभट्टामा काम गरी फर्किएको स्थानीयले जानकारी दिएको प्रहरीले बताएको छ।