आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृ’त्यु भएका प्रेमप्रसाद आचार्यका परिवारलाई भेट्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने


काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृ’त्यु भएका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेट्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने। बुधबार दिउँसो गृहमन्त्री लामिछाने कीर्तिपुर अस्पताल पुगेर आचार्यका परिवारसँग भेटेका हुन्। काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ। आचार्यको उपचारका क्रममा बुधबार बिहान मृ’त्यु भएको थियो। माइतीघर मण्डलमा बुधबार दिउँसो भेला भई आचार्यको न्यायका लागि प्रदर्शन भएको हो।

उनीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए। उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन्। आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेकाहरूले बताएका छन्। उनको आ’त्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने प्रदर्शनकारीको माग छ। देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएको हो।

यो पनि पढ़नुगोस
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बस दु’र्घटना हुँदा सात जना घा’इते भएका छन् । काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान नुनथलामा दुर्घटना भएको हो । दुर्घटनामा झापा मेचीनगरपालिका–७ का बस चालक ३६ वर्षीय स्ट्रङ राई, मोरङ पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका

४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाडाँका २५ वर्षीय कुबिर दाहाल, उक्त नगरपालिका–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिनराज खतिवडा घा’इते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए । गाडीमा चालक सहित १९ यात्रु सवार थिए ।