अभिभावकले प्रेम विवाह अस्वीकार गर्दा…….एउटै रुखमा झु”ण्डिए यो जोडी


दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झु”ण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झु”न्डिएर आत्मह”’त्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्मह”त्या गरेको पाइएको छ। अहिले घ”टनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ।

घट”नाको बारेमा प्र’हरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए। मृ’तक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्मह”त्याको बाटो रोज्नु परेको आ”रोप लगाएका छन्। करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले बताए। केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए।

प्र”हरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात् दुवै जना आ-आफ्नै घरमा बसेका थिए, उनीहरूसँगै बाच्न नपाएपछि मृ”त्युलाई रोजे। गत साउनमा तीन जना युवती सामूहिक रुपमा एउटै रुखमा झुन्डिएर आत्मह”त्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घ”टना घटेको स्थानीयवासी बताउँछन्।

अभिभावकले प्रेम विवाहको प्रस्ताव अस्वीकार गर्दा झापा कचनकवल गाउँपालिका–४ स्थित पूर्वलोदाबारीकी १८ वर्षीया पवित्राकुमारी राजवंशी प्रेमी २५ वर्षीय राजेशकुमार गणेशसँगै यो संसार छाड्न विवश भइन्। सोही वडा खुट्टामुनिका राजेशसँगै हाँसीखुशी जीवन बिताउन उसैलाई आफ्नो तनमन दिइसकेकी पवित्राको अभिभावक बाधक बनेपछि अन्ततः दुबै जनालेसँगै आत्मह”त्याको बाटो रोजे। उनीहरू घर नजिकै रहेको एभरेस्ट टी गार्डेनभित्र एउटै सिरिसको रुखमा एउटै कपडाको पा”सो (झु”न्डिएर) मङ्गलबार आत्मह”त्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

घ”टनास्थलमा प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी पनि पुगेका थिए। घ”टनास्थलको मुचुल्का उठाएर कानुनी प्रक्रिया पूरा गरी दुबै श’वलाई प्रादेशिक अस्पताल भद्रपुरमा पो”स्टमार्टम गरी परिवारजनलाई बुझाइसकेको डीएसपी पाठकले बताए। ‘घटनाको प्रकृति हेर्दा प्रेम असफल हुँदा दुबै जनाले आत्मह”त्याको बाटो रोजेको देखिन्छ,’ डीएसपी थापाले भने, ‘अन्य कुनै कारण देखिँदैन। घटना विवरण अनुसार राजेश र पवित्रा लामो समयदेखि प्रेम सम्बन्धमा थिए।

प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरे पनि सफल भएनन्। उनीहरूले २०७८ साउनमा भागेर विवाह गरेको राजेशका मामा रघुनन्दन गणेशले बताए। भान्जाले विवाह गरेर बुहारी घर भित्राएका थिए, उनीहरूले गरेको विवाहबाट दिदी भिनाजु पनि खुसी नै थिए,’ मामा रघुनन्दनले भने, ‘दुई महिनासम्म सब ठिकठाक चलिरहेको थियो, असोजमा केटी पक्षले एक्कासी भान्जा राजेशको नाममा प्र”हरीमा किटानी जाहेरी दियो।’

उमेर नपुगेको १७ वर्षीया नाबालिक पवित्रालाई ललाइफकाइ गरी जबरजस्ती विवाह गरेको भन्दै केटीका बुबाले प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला लगियो।