दु’र्घटनामा प्रदेश १ संसद सचिवालयका अधिकृतको मृ’त्यु


कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार दु”र्घटना हुँदा प्रदेश १ को प्रदेशसभा (संसद)सचिवालयका अधिकृतको मृ”त्यु भएको छ । दु”र्घटनामा संसद सचिवालयका अधिकृत सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका अन्दाजी ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठको मृ”त्यु भएको प्रहरीले जनाएको छ । सरकारी मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दु”र्घटनामा परेको प्र”हरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठ”क्कर खाँदा बिहान ८:५५ बजेतिर दु”र्घटना भएको हो । दु”र्घटनामा परेर ग”म्भीर घा’इते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ३:३० बजेतिर मृ”त्यु भएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार दु’र्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घा”इते भएका छन् । उनीहरुको विराटमै उपचार भइरहेको छ । मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस
संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारको साहयताका निम्ती आर्थिक सहयोग संकलन अभियान सुरुवात गरिएको छ ।हिजो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आ”त्मदाह प्रयास गरेका आचार्यको आज उपचारको क्रममा निधन भएको हो । आचार्यले आफूले ३६ वर्ष पूरा गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै सामाजिक संजालमा निराशा व्यक्त गर्दै बाध्य भई उक्त कदम उचालेको बताएका थिए ।

आ’त्मदाह अगाडि ६ हजार शब्द भन्दा बढीको ‘सु’साइड नट’ पोस्ट गरेका आचार्यले सोही नोटमा आफु ऋणबाट थिचिएको र उक्त ऋण तिर्न नसकेको अवस्था उनकी श्रीमतीले पनि उनको जस्तो बाटो अपनाउन सक्ने प्रबल सम्भावना रहेको भन्दै आम मानिसमा आर्थिक सहयोगको अपीलसमेत गरेका थिए । आचार्यको आत्मलाप हाल सामाजिक संजालमा भाइरल भएसँगै उनको परिवारलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुन थालेको छ ।

प्राप्त जानकारीअनुसार नेकपा एमालेका युवा नेता पर्वत भण्डारी, नेकपाका नेता फणिन्द्र न्यौपाने, डा. ओममूर्ति अनिल, आशिका तामाङ, ईशा गुरुङ, सुनिता गुरुङ लगायतले प्रेमप्रसाद कि श्रीमती नानुका आचार्यलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।