झापाको कचनकवल गाउँपालिका– ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरुले विवाहका लागि परिवारमा प्रस्ताव राखे। तर, उनीहरुको निर्णय परिवारले मानेन। परिवारले विवाहको प्रस्ताव अस्वीकार गरिदिएपछि २०७८ साउन ११ गते उनीहरुले भागी विवाह गरे। विवाहपछि राजेशले पवित्रालाई आफ्नो घर लगे। विषेशगरी केटी पक्षका परिवारलाई यो सम्बन्ध मन परेको थिएन्। भागी विवाहपछि केही महिना पवित्रा राजेशकै घरमा बसेकी थिइन्।
दुई परिवारबीच पटक पटक छलफल पनि भयो। तर, घटनाले कानुनी रुप लिइसकेकाले केटी पक्षले अदालतमा बयान फेर्नुपर्ने भयो। केटाको परिवारले केटीको परिवारलाई ६ लाख रुपैयाँ दिने शर्तमा अदालतमा बयान फेरियो। बयान फेरिएपछि दुई महिला जिल्ला कारागारमा रहेका राजेश जे’लमुक्त भए। पवित्रालाई परिवारले घर फर्काए। राजेश पनि दुई परिवारबीचमा भएको सहमति मान्दै घर लागे। राजेश गाउँकै एक कृषि फार्ममा काम गर्थे। फार्ममा काम गरेको केही समयपछि उनले आफ्नै कुखुरा फार्म पनि खोलेका थिए।
पवित्राको घरदेखि राजेशको कुखुरा फार्मको दुरी करिब ५०० मिटरको छ। आफ्नी छोरी नाबालिग भएको भन्दै पवित्राका बुबाले उनलाई घर लगे। घर ल्याएपछि पवित्रालाई उनको परिवारले केटाविरुद्ध मुद्धा मामिला गर्न दवाव दिए। पवित्राले मुद्धा हाल्न अस्वीकार गरेपछि बुबा भुवनलाल राजवंशीले आफैंले छोरीलाई राजेशले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै प्र’हरीमा जाहेरी दिए। राजेशविरुद्ध प्र”हरीमा जाहेरी परेपछि उनी पक्राउ परे। राजेश र पवित्राको घर करिब एक किलोमिटरको दुरीमा छ।
एउटै गाउँका छिमेकी भएका कारण दुवै परिवारलाई मिल्नका लागि सामाजिक दवाव आयो। उनीहरुले अझै पनि परिवारले आफूहरुलाई एक हुन नदिने भएपछि माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पा”सो लगाएर आत्मह”त्या गरे। परिवारका अनुसार दुवैको केही महिनायता अवस्था सामान्य भइसकेको थियो। परिवारका मानिसले दुई जनालाई अलग नगरिदिएको भए यस्तो अवस्था नआउने कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी बताउँछन्।
पवित्राको परिवारका अनुसार उनीसँग मोवाइल फोन पनि थिएन्। परिवार, समाज र कानुनबाट टाढिएका उनीहरुले यो समयसम्म पनि भेट गरेका थिएनन्। तर, सोमबार राति उनीहरूले भेटे। फार्ममा राजेशसँगै सुतेका उनका भाइका अनुसार राजेश करिब बिहान ३ बजे उठेर बाहिर निस्किएका थिए। चिया बगानको एउटा रुखमा कोही झु”ण्डिएकोजस्तो देखेपछि चिच्याउँदै गुहार मागे। कोही झु”ण्डिएको देखेपछि बगानमा पुगेका दिनेशले दाजु राजेशसँगै पवित्रालाई पनि एउटै पासोमा झु”ण्डिएको अवस्थामा भेटे।
प्रहरीले पनि उनीहरूको आत्मह”त्याको कारण प्रेम असफल हुनु नै रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्रहरीले घ”टनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो पनि पढ्नुहोस
पाल्पामा गए राति टिपर दु”र्घटना हुँदा चालकको मृ”त्यु भएको छ। ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो। दु”र्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो। दु”र्घटनाबारे प्र”हरीले अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस
प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको विमान बुधबार बिहान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृ”त्यु भएको छ। राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दु”र्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्। वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्।
यसैबीच एउटा विमान हराइरहेको छ। इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन्।