गृह मन्त्रालयले आत्मदाहबाट मृ”त्यु भएका प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेगरी समिति गठन गरिएको हो।
समितिले आचार्यले उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्ने र त्यससम्बन्धमा सरकारले के-के गर्नुपर्ने हो सुझाव तयार पार्नेछ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयवस्तुबारे छानबिन गर्ने निर्णय गरेको थियो। इलामका आचार्यले मंगलबार नयाँ बानेश्वरमा आ”त्मदाह गरेका थिए। लगत्तै कर्तिपुर बर्नअस्पताल पुर्याइएका उनको बुधबार विहान मृ”त्यु भएको थियो।
यो पनि पढ्नुहोस
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन्। पार्टी कार्यालयमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा उनले संसदमा दुई दलबाहेक सबैले विश्वासको मत दिएकाले राष्ट्रिय सहमति गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको ब्रिफिङ गरे। संसद सहभागी लगभग सबै दलले विश्वासको मत दिएको अवस्थामा छ। यस्तो अवस्थामा सबैलाई मिलाएर लैजाने कार्यभार ममाथि आएको छ।
त्यही भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने जोड मैले सत्ता गठबन्धनमा गरेको छु,’ बैठकमा प्रचण्डले भने। उनले राष्ट्रिय सहमतिमा जोड दिँदा गठबन्धनभित्र केही असन्तुष्टि आएको स्पष्ट पारे। राष्ट्रिय सहमतिमा जानुपर्छ भन्दा गठबन्धनभित्र केही दलसँग अन्डरस्ट्यान्डिङ बिग्रेको छ। त्यो अनडरस्ट्यान्डिङ पनि मिलाउनुपर्ने छ,’ एमालेलाई इंगित गर्दै उनले भने।
अध्यक्ष प्रचण्डले बैठकमा अनौपचारिक प्रतिवेदन बाँडेको बैठकमा सहभागी एक नेताले बताए। ‘अध्यक्षज्युले डकुमेन्ट बाँड्नुभएको छ। सबैलाई अध्ययन गरेर आउन भन्नुभएको छ। समसमायिक राजनीति र पछिल्लो परिस्थितिबारेको डकुमेन्ट रहेको बुझिएको छ,’ ती नेताले भने।