श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाएको अभियोगमा एक युवकलाई प्रहरीले बाँकेमा प्र”काउ गरेका छ । आइतबार राती ७ बजे कोहलपुर नगरपालिका –२ शक्तिनगरका ३० वर्षिय भानुभक्त बिकले ३० वर्षकी श्रीमती गंगा बिक र २ वर्षका छोरा पृन्स बिकलाई शरिरमा पेट्रोल छ’र्केर आगो लगाएका थिए । आगोले जलेर घा”इते भएका छोराको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज बिहान ६ बजे मृत्यु भएको प्र”हरीले जनाएको छ ।
त्यसैगरी ग”म्भिर घा”इते श्रीमीती गंगाको अस्पतालमा उपचार भइरहेको छ । आ”रोपीलाई प्रहरीले दिउसो १ बजे नेपाल भारत सिमान जमुनाहा नाकाबाट प्र”काउ गरेको हो ।
यो पनि पढ्नुहोस
बङ्गलादेशमा ५ सय ३२ जना विद्यार्थीले आत्मह”त्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्मह”त्या गरेका एक अध्ययनले देखाएको हो। १ सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन शनिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानका प्रमुख फर्जाना अख्तर लाम्बानीले ३ सय ४० जना विद्यालयका छात्रछात्राले आत्मह”त्या गरेका बताए।
त्यस्तै १ सय ६ जना कलेजका विद्यार्थी र ५४ जना इस्लामिक विद्यालयका छात्रछात्राले आत्मह”त्या गरेका थिए। विभिन्न विश्वविद्यालयका ८६ जनाले पनि गत वर्ष आफ्नो प्राण आफैँ लिएका थिए। विगत केही वर्षयता देशमा आत्महत्याको दर बढेकामा उनले चिन्ता व्यक्त गरे।