टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३७ सय भन्दा बढी मानिसले ज्यान गु माएका छन्। समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। हजारौं मानिसहरू घा’इते भएका छन्।
सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भ'[त्किएका छन्। टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्याएको छ। लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ।
अहिलेसम्म ५० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
यो समाचार पनि पढ्नुहोस
माघ १ गते पोखरामा दु’र्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी एटीआर विमान दु’र्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ । दु’र्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको पाइएको हो तर यो मानवीय वा प्राविधिक के कारणले हो भन्ने निष्कर्ष भने अझै पत्ता लागेको छैन ।
दुर्घटना जाँच आयोग २०७९ का सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर (ब्लेड)हरू फेदर (छड्के नभई सिधा) अवस्थामै रहेको देखिएको बताउनुभयो । इन्जिनका प्रोपेलरहरू फेदर हुनु भनेको इन्जिनमा पावर कम हुनु हो । यस्तो अवस्थाा इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्थालाई बुझ्ने गरिन्छ ।
उहाँले भन्नुभयो, “दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गए ? यस्तो अवस्थामा पाइलटले पावर नदिएको हो वा इन्जिन बिग्रिएर समस्या आएको थियो भन्नेबारे प्राविधिक र मानवीय पक्षबारे हुने थप अनुसन्धानबाट प्रष्ट हुनेछ ।” जाँचबुझ समितिका सदस्य एकराजजङ्ग थापाले दुर्घटनाका कारण जहाजको इन्जिनमा समस्या वा मानवीय त्रुटिमध्ये यही नै प्रमुख कारण हो भन्नेबारे यकिन भइनसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दायाँ इन्जिनमा छवटा र बायाँ इन्जिनमा छवटा प्रोपेलर ब्लेड हुन्छन्, जुन फेदर गएको देखिन्छ । हालसम्मको अनुसन्धानमा इन्जिनमा समस्या देखिएको होइन पङ्खाको एङ्गल नमिलेको देखिएको छ ।” आयोगका सदस्य सचिवद्वारा जारी विज्ञप्तिअनुसार ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त ९एन–एएनसी जहाज अवतरण गर्ने क्रममा बेसलेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ ।’ यो भनेको प्रोपेलर निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्रीमा रहनु हो । याे खबर गाेरखापत्र दैनिकमा छ ।