पोखराका व्यवसायी गौतम वीरगञ्जमा मृतावस्थामा भेटिए

मेचीकाली खबर
मेचीकाली खबर
२९ माघ २०७९, आइतबार
शेयर

पोखराका व्यवसायी बलराम गौतम शनिबार बिहान मृतावस्थामा भेटिएका छन् । माघ २ गते घरबाट निस्केका उनी वीरगन्जमा मृतावस्थामा भेटिएका हुन् । केही दिनअघि घरबाट निस्केर हिँडेका उनी भारत रहेको परिवारलाई जानकारी दिएका थिए । उनको शव पोस्टमार्टम गरेर शनिबार राति नै पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शनिबार बिहान साढे ५ बजेतिर वीरगन्ज बसपार्कसँगैको पार्कमा उनी आएको सिसिटिभी फुटेजबाट देखिएको प्रहरीले जनाएको छ । उनी कुर्सीमा बसेर चिया पिएको देखिएको र त्यसलत्तै बसेकै ठाउँमा उनको टाउको झुकेको देखिएकाले हृदयाघातको अनुमान गरिएको छ ।

आइतबार पोखरा स्थित तुलसीघाटमा उनको अन्त्येष्टि गरिएको परिवारजनले जनाएका छन् । सहकारी संघ पोखराका अध्यक्ष समेत रहेका व्यवसायी गौतम नेकपा एमाले गण्डकी प्रदेशका सदस्य हुन् । उनी पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पनि हुन् । कास्की पुरनचौरका गौतम पत्नी गीता र ३ छोरीसहित पोखरा गैरापाटनमा बस्दै आएका थिए ।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।