नवनिर्वाचित राष्ट्रपति पौडेल ले गरे सडक खाली गराएर पशुपतिनाथको दर्शन, विर्सिय आफैले गरेको बाचा ।


जो नै आफु राष्ट्रपति भए आम नागरिकलाई सास्ती हुनेगरि ट्राफिक जाम हुन नदिने वाचा गरेका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै वाचा बिर्सेर सडक खाली गराएर आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

उनी आज बिहान पूजाका लागि पशुपतिनाथ पुग्दा र त्यहाँबाट वीपीको शालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गराइएको थियो ।सडक खाली गर्दा निकै बेर जाममा बस्नुपर्दा आम नागरिकले सास्ती खेप्नुपरेको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेल बिहान ९ बजेतिर दर्शनका लागि पशुपतिनाथ पुगेका थिय । त्यहाँ उनले झण्डै डेढ घण्टा पूजा पुजा गरे। पशुपतिको दर्शनपछि साढे १० बजेतिर सुन्दरीजल गय । त्यहाँ उनले वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका हुन् ।

पौडेलको सवारीका लागि बायाँ लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो ।