स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।
स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज प्रचारप्रसारको अन्तिम दिन हो । उम्मेदवारले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो ।
काठमाडौंको त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मस क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार तीव्र छ ।
यस्तै गुल्मी, पाल्पा लगायतका क्याम्पसहरुमा पनि स्ववियु निर्वाचनको उत्साहजनक प्रचारप्रसार भइरहेकोछ । केही क्याम्पसमा भर्ना विवादका कारण चुनावी प्रक्रिया रोकिएको छ । काठमाडौंको प्रदशनीमार्गस्थित आरआर क्याम्पसमा आज अनेरास्ववियुका विद्यार्थीहरुले राको जुलुस सहित आन्दोलन गरेका हुन ।
यस्तै केहि दिन अघि त्रिचन्द्र क्यम्पसमा विद्यार्थीको एक समुहले क्याम्प स प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड समेत गरेका थिय । स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।