राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
महामन्त्री डा। मुकुल ढकालले दिएको जानकारीअनुसार शुक्रबार बिहान ११:३० बजे बस्ने गरी बैठक बोलाइएको हो। उपराष्ट्रपति निर्वाचनकै दिन रास्वपाले पदाधिकारी र संसदीय दल बैठक राखेको छ। उपराष्ट्रपति चुनाव शुक्रबार हुँदैछ।
जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्। गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो।

प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।