गुल्मीमा एक महिलाको शव फेला परेको छ ।
गुल्मीको इस्मा गाउँपालिका(२ सामाचौर बस्ने ३७ वर्षीय माया खत्री आज बिहान मृत भेटिनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो।
उहाँको शव घर नजिकै रहेको छल्दी पनाहबाट भालुखोला सामाचौर हुँदै बग्ने पानीको कुलोमा भेटिएको हो ।
प्रहरीले घटना बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।