कथित उपल्लो जातका व्यक्तिसँगै बसेर भोज खाएको निहुँमा कुटिए किशोर

मेचीकाली खबर
मेचीकाली खबर
३१ बैशाख २०८०, आइतबार
शेयर

 महोत्तरीमा कथित उपल्लो जातसँग भोज खाएको निहुँमा एक दलित समुदायका किशोर कुटिएका छन् ।गौशाला नगरपालिका-१ का १७ वर्षीय किशोर अविनाश पासवानमाथि कुटपिट भएको हो । गत वैशाख २६ गते स्थानीय सुरत यादवको आमाको शुद्धी भोजमा अविनाशलाई रामविनेक यादवले कुटपिट गरेका हुन् ।

टेन्टको काम गर्दै आएका अविनाश स्थानीयसँगै भोज खान बसेका थिए । ‘तल्लो जात भएर किन  उपल्लो जातसित बसेर भोज खाएको’ भन्दै स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेको पीडितले बताएका छन् । घटनापश्चात कुटपिट गर्ने रामविनेकलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले गत शनिबार जातीय छुवाछूत, भेदभाव र हिंसा तथा कुटपिटविरुद्धको जाहेरी इलाका प्रहरी कार्यालय गौशालामा दिएका छन् । कुटपिट गर्ने रामविनेकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

घटना पश्चात विभिन्न संघसंस्थाले जातीय विभेद गरी कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।