शव नचिन्दा जिउँदो मान्छेको काजक्रिया,१४ दिनमा घर आएपछि सबैको सात्तो गयो। 


झापामा एक परिवारले शवको सहि पहिचान गर्न नसक्दा जिउँदो भाईको काजक्रिया गरेको घटना सार्वजनिक भएको छ । काजक्रिया सकेकै दिन भाई घर आइपुग्दा परिवारसहित स्थानीय चकित भएका छन् । दुई साताअघि सुरुङास्थित कोटिहोममा वेवारिसे शव फेला परेको थियो । सुरुङा प्रहरीले शवको पहिचान नहुञ्जेलका लागि शवगृह भद्रपुरमा पठाएको थियो ।

कनकाईमा मलामी आएका छिमेकीले गाउँमा सो खवर पुराए । कोटीहोममा फेला परेको शव मुडुला कार्कीको भन्ने सम्म सूचना गाउँ पुगेपछि हराइरहेको दाईको पहिचान गर्न हल्दिवारी १ गोल्धापबाट एउटा परिवार भद्रपुर पुगेको थियो । बहिनी बिना कार्कीले शव हेर्दा आफ्नै दाई जस्तै लागेपछि कनकाईमा लगेर अन्त्येष्टि समेत गरिन् । र, गोलधापमा काका काजक्रियामा बसे ।

दाई सुरज कार्की (२७) घर परिवारबाट सम्पर्क विहीन भएको ३ वर्ष भएको विना बताउँछिन् । उनले भनिन्, मुडुला कार्की भने, जिउ पनि पातलो देखेपछि दाई नै भन्ने लागेर अन्त्येष्टि गरियो, काजक्रिया पनि गरियो । काम सकेकै दिन दाई टुप्लुक्क घर आइपुग्दा परिवार धर्म संकटमा परेको छ ।

जिउँदो मान्छेको काजक्रिया गरेपछि परिवार समेत नैतिक संकटमा परेको छ । उनीहरुले दाईलाई कोटीहोममै ल्याएर छोडेका छन् । जहाँ उनी बस्दै आएका थिए । प्रहरीले समेत बहिनी विनाले आफ्नै दाई भनेपछि शव जिम्मा लगाएको थियो ।

दाई वितेको थाहा पाएपछि भाई समेत कुवेतबाट घर फर्किएका थिए । कार्की परिवारको आमा वुवा पनि सम्पर्क विहीन छन् । विनाका अनुसार आमावुवा भारतको अरुणाचलमा बस्दै आएका छन् । लावारिसे जीवन विताइरहेका सुरजको काजक्रिया सकिएपछि परिवारले अहिले जन्मकर्मका लागि धार्मिक गुरुहरुसँग सल्लाह लिइरहेको छ ।