पौडी खेल्न गएका दुई बालकको डुबेर गयो ज्यान

मेचीकाली खबर
मेचीकाली खबर
२७ जेष्ठ २०८०, शनिबार
शेयर

विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका वडा नं १३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।

यसरी निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन् ।

स्कुलबाट फर्केर खाजा खाईवरी पौडी खेल्न गएका दुई बालक पौडी खेल्न गएको र सोही क्रममा डुवेर निधन भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।