कालीकोटमा सवारि दुर्घटना, चालकसहित तीन जनाको ज्यान गयो

मेचीकाली खबर
मेचीकाली खबर
२८ जेष्ठ २०८०, आइतबार
शेयर

कालीकोटमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका वडा नम्बर ८ का म ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेको इन्सपेक्टर बमले बताए।

गएराति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको छ।

दुर्घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक यज्ञराज बमको नेतृत्वमा प्रहरीको टोली त्यसतर्फ गएको इन्सपेक्टर बमले जानकारी दिए।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।