दार्चुलामा हिउँमा चिप्लिएर एकको मृत्यु


 अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ । यार्सा गुम्बा संकलनका क्रममा अपिहिमाल गाउँपालिका–४ का ओखल्याडीका अन्दाजी ४५ वर्षीय लक्ष्मण सिंह बोहराको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यार्सागुम्बा पाटन पुगेका बोहराको मंगलबार दिउँसो १ बजेतिर हिउँमा चिप्लिएर मृत्यु भएको खबर प्राप्त भएको छ । शव घरतर्फ ल्याइँदैछ ।