दाङको पत्रे खोलाले बगाउँदा बेपत्ता भएका घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षिय तिलक राम बिक हापुर खोलामा मृत भेटिएका छन् ।
विकको शवलाई आइतबार दिउँसो साढे २ बजेतिर घोराही उपमहानगरपालिका ९ हापुर खोला किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।
विक आज बिहान पत्रे खोला किनारमा शौच गर्न गएकोे समयमा बिहान साढे आठ बजेतिर खोला बगाउँदा बेपत्ता भएका थिए ।