गायक हेमन्त शर्माले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् । आज बिहान नेपाली क्रिकेट टिमका खेलाडीद्वय क्याप्टेन पौडेल र कुशल भुर्तेललाई पूर्वघोषित ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
गायक शर्माले यसअघि आईसीसी टि २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने घाेषणा गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त रकम घोषणा गर्दै यस्तो लेखेका थिए,‘मन मात्र हो धन हैन है। भाईहरू हो आज मात्र क्रिकेट जितिदेउ ।
आज जितेउ भने मेरो तर्फबाट रू ५०,०००र सम्पूर्ण “टिम नेपाल”लाई । एक पटकको खाजा खर्चै भए नि ।’ नेपालले सेमिफाइनलमा यूएईलाई हराएर विश्वकपमा छनाैट भएकाे छ । गायक शर्माले पूर्वघोषित रकमबापतको चेक आज नेपाली टिमलाई हस्तास्तरण गरेका हुन् । उनले आफूले बोलेको कुरा पूरा गर्दा खुसी लागेको बताएका छन् ।