अछामका दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा एक महिला पक्राउ

Microlink Media

२३ कार्तिक २०८०, बिहिबार


अछामको पञ्चदेवल विनायक नगरपालिका बडा नं.-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा शाहीका छिमेकी लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयमा प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ ।