रोकिएको ट्रकसंग मोटरसाइकल ठोक्किदा लमहीमा एकजनाको मृत्यु


दाङको लमहीमा सवारी दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ४३ वर्षिय महेन्द्र गिरि रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

मंगलबार राति दशबजे लमही नगरपालिका वडा नम्बर ७ बनघ्रुसी स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा राेकिएकाे लु १ ख ९५७० नम्बरको ट्रकसंग पश्चिमबाट घरतर्फ जाँदै गरेको प्रदेश ३-०२००९ प ९८५८ नम्बर माेटरसाइकल ठाेक्किदा लमही अस्पतालमा उपचारको क्रममा गिरिकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।

ट्रक राजमार्गमा राेकिएर राख्दा उक्त दुर्घटना भएको हाे । शवलाई अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।