दुई समूह बिच झगडा हुँदा एक युवकको मृत्यु

Microlink Media

१४ बैशाख २०८१, शुक्रबार


सल्यानमा दुई समुहका युवाहरू विच झडप हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नं. ५ कालागाउँ कौछेमा भएको दुई समुह बिचको झडपमा परि सोही ठाउँका २० बर्षिया विकास वलीको मृत्युु भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलवार राती १० बजेको समयमा झारकाँडा र कौछेका युवा विच भएको झडपमा परि वलीको ज्यान गएको इलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख शेर बहादुर बस्नेतले बताएका हुन ।

११ गते दिउसो बिकास वलीको आफन्तको घरमा विवाह भएको र साझ नाच गर्ने क्रममा दुई समुह विच भनाभनको स्थिती आएको र एक टोलीले विवाहको लागि बनाएको गेट भत्काइदिए पछि उक्त अवस्था सृजना भएको स्थानीयको भनाइ छ । विकासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।