काठमाडौँः गृहमन्त्री सुधन गुरुङ अत्यधिक ज्वरो र शरीरभरि दाबर देखिएपछि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन्।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत, उद्धार तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन उनी निरन्तर खटिँदै आएका थिए। लगातारको व्यस्तता र दिनरातको खटाइका कारण स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । हाल सैनिक अस्पतालका चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य निगरानी गर्दै उपचार गरिरहेको छ ।
उनको स्वास्थ्य अवस्था र उपचारसम्बन्धी थप विवरण भने आउन बाँकी छ ।





