ठेकेदारले मजदुरलाई पारिश्रमिक नदिएको भन्दै सडक अवरुद्ध


राजविराज — सडक निर्माणका ठेकेदारले मजदुरलाई पैसा नदिएको भन्दै मजदुर र स्थानीयले सडक अव’रोध गरेका छन् । मजदुरलाई पारिश्रमिक र स्थानीय व्यापारीको भुक्तानी नदिएको भन्दै राजविराज-हनुमाननगर सडकखण्डअन्तर्गत सप्तरीको तोपामा सडक अवरुद्ध गरिएको हो । राजविराज-हनुमाननगर सडक निर्माणका ठेकेदार साह कनस्ट्रक्सनले मजदुरलाई काम लगाएर पारिश्रमिक नदिएको आरोप छ ।

यस्तै- ट्रकले मोटरसाइकलालाई ठ”क्कर दिँदा शनिबार बिहान सल्यानमा दुई जना ग”म्भीर घा”इते भएका छन् । दाङको तुलसीपुरदेखि सल्यानको थारमारेतर्फ जाँदै गरेको रा १ क १०८९ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको रा २ प ५१२४ नम्बरको मोटरसाइकललाई राप्ती राजमार्ग अन्तर्गतको छत्रेस्वरी गाउँपालिका–६ कल्लेखोला नजिकै ठ”क्कर दिँदा मोटरसाइकलमा सवार दुई जना ग”म्भीर घा”इते भएका हुन् ।

ग”म्भीर घा”इते हुनेमा त्रिवेणी गाउँपालिका ३ लोटाउने निवासी वर्ष २३ का चालक सन्तोष बुढाथोकी र वर्ष १९ का रामबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । गम्भीर घाइते दुवैलाई जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित कर्णाली प्रदेश अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको उनले जानकारी गराए ।

उनका अनुसार ट्रक र चालक तुलसीपुर उपमहानगरपालिका ९ बेलवा घर भएका वर्ष २५ का घनश्याम केसीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।