पोखरामा जहाज दु”र्घटना हुँदा कम्तीमा ३० जनाको मृ”त्यु


आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दु”र्घटनामा हुँदा कम्तीमा ३० जनाको मृ”त्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको श”व फेला परिसकेको छ।‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं। जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसार पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन। श”वहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने।

जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा विमानस्थलमा अवतरणका क्रममा दु”र्घटनामा परेको जहाजमा आगो लागेको छ। पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घ”टनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ। उक्त विमान आज बिहान १०: ३३ बजे काठमाडौंबाट उडेको थियो।

यो पनि-गण्डकी प्रदेशको ४ सदस्यीय मन्त्रीमण्डलमा २ मन्त्री स्याङ्जाले पाएको छ। मुख्यमन्त्री सहितको ४ सदस्यीय मन्त्रीपरिषदमा सरकारको प्रवक्ता सहित २ मन्त्री स्याङ्जाका बनेका हुन्। सत्ता साझेदार मध्ये नेकपा एमालेतर्फका सीता सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ् पहिलो पटक मन्त्री बनेका हुन्। उनीहरु दुबैजना हाल बिनाविभागीय मन्त्री हुन् भने सुन्दासलाई प्रवक्ता समेतको जिम्मेवारी दिइएको छ।

सुन्दास स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। पुतलीबजार नगरपालिका ७ जन्मेकी उनी हाल पुतलीबजार १ मा बस्दै आएकी छन्। जिल्ला समन्वय समिति स्याङ्जाका निवर्तमान प्रमुख हुन्।