दु’र्घटनामा परेको विमानका चालक क्यापेट कमल केसी


काठमाडौंबाट पोखराका लागि उडेको दु”र्घटनामा परेको यती एयरको जहाज क्याप्टेन कमल केसीले उडाएको खुलेको छ । दुई पाइलट, दुई जना एयर होस्टेस, १० विदेशी यात्रुसहित ६८ यात्रु गरी कूल ७२ जना सवार जहाज पोखरामा दु’र्घटनामा परेको हो । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दु’र्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घ”टनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् । विमान दु’र्घटना भएको सूचना प्राप्त भएपछि अस्पताललाई उच्च तयारीमा रहन निर्देशन दिएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

यस्तै-अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल सुरु गरेका छन्। टेक्सास डिपार्टमेन्ट अफ क्रिमिनल जस्टिस (टीडीसीजे) ले तीमध्ये कम्तिमा ७२ जना अझै पनि भोकै बसेको पुष्टि गरेको छ।

टिडिसीजीले विरोधीको विज्ञप्ति उल्लेख गर्दै ‘हड्ताल शान्तिपूर्ण रहने र सबैको अवस्था सुधार्नका लागि यो प्रयास गरिएको’ बताएको छ। कारागारका अधिकारीले विरोधी सदस्यको समितिसँग भेट नगरेसम्म बन्दीले हडताल जारी राख्ने योजना बनाएका छन्। हजारौं कैदीलाई टेक्सासमा एकान्त कारागारमा राखिएको छ। रासस