पोखरामा दु’र्घटनाग्रस्त विमानमा थिए पत्रकार त्रिभुवन पौडेल । दु”र्घटनामा परेकाहरुको यात्रुको सूचीमा उनको पनि नाम छ। उनी पनि जहाजमा रहेको जानकारी आएपछि उनको फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन।
यती एयरलाइन्सले दु”र्घटनाग्रस्त विमान सेती खोंचसम्म टावरको सम्पर्कमा आएको जनाएको छ। दु”र्घटनाग्रस्त विमानको जानकारी दिन यती एयरले जारी गरेको विज्ञप्तिमा बिहान १०:३२ बजे काठमाडौंबाट उडेको यती एअरलाइन्सको 9N-ANC, ATR-72500 वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दु”र्घटनाग्रस्त भएको बताएको छ। विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सवार रहेको यती एयरलाइन्सले जनाएको छ।
जहाँ ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए। ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक छन्। विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको एयरलाइन्सले जनाएको छ । घ”टनास्थलबाट उद्धार जारी रहेको र विस्तृत विवरण क्रमश: अपेटड गरिने जनाएको छ।