आज पाेखरामा दु’र्घटना भएकाे यति एयरलाइन्सको जहाज 9N-ANC , १५.५ वर्षअघि पहिलाे उडान गरेकाे याे विमान सुरुमा २००७ देखि भारतकाे किङफिसर एयरलाइन्सले चलाएकाेमा २०१३ देखि थाइल्यान्डको नाेक एयरले चलाउँथ्याे। २०१९ काे अप्रिलदेखि यतिले चलाउन थालेकाे हाे।
Photo by Robin Frosch/@JetPhotos
source Umesh Shrestha
यो पनि-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आँफै पोखरा जाने भएका छन् । पोखरामा यती एयरको जहाज दुर्घ’टनाामा परेको छ । सोही निरीक्षणका लागि प्रधानमन्त्री पोखरा जाने भएका हुन् । यतिबेला मन्त्रिपरिषदको आकस्मिक बैठक वालुवाटारमा बसिरहेको छ ।
आइतबार बिहान पोखरामा भएको यती एयरको ९एन–एएनसी एटीआर–७२ जहाज दुर्घटना हुँदा ३२ जनाको ज्यान गइसकेको छ । त्यस्तै अन्यको उद्धार भइरहेको छ । उक्त दु’र्घटनाग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७२ जना भएको खुलेको छ ।