काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मु”त्यु भएको छ। उनको मृ”त्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्। दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन जान लागेकी थिइन्। उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्।
‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्। गायिका छन्त्यालको मृ”त्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए। हामी पोखरामा बस्ने छन्त्यालहरूले आफ्नो महान् पर्व भनेर उहाँलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका थियौं। उहाँको दु”र्घटना भएको जानकारी पाएसँगै हामीले कार्यक्रम स्थगित गरेका छौं,’ उनले भने।
नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तरछन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो। आज बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दुर्घ”टनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए। गायिका छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहारी गाउँथिन् जुन चर्चित छन्। उनले यसै वर्ष ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन्।
यस्तै- आइतबार पोखराको सेती नदी खोँचमा भएको जहाज दु”र्घटनामा परि मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ। जिल्ला प्र”हरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले हालसम्म ५ जनाको सनाखत भएको बताए। लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको उनले जानकारी दिएका छन्। जहाज दु”र्घटनामा हालसम्म ६४ जनाको श”व फेला परेको छ । तर, शव पहिचान गर्न कठिन रहेको छ । साथै, खोँचमा रहेका श”व निकाल्ने कार्य जारी रहेको छ ।