पोखराको सेती खोंचमा भएको विमान दुर्घ”टनामा ६८ जनाको श’व फेला परेको छ। अझैं ४ जनाको अवस्था अज्ञात छ। उद्दार कार्य जारी छ। दुर्घ”टनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको काश्की प्र”हरीले जनाएको छ। यती एयरलाइन्सको दुर्घ”टनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए। आइतबार बिहान ६८ जना यात्रु लिएर विमान पोखरा उडेको थियो। पोखरा विमानस्थलमा अवतरण गर्न नपाउँदै विमान दु”र्घटना भएको हो। विमान पाइलट कमल केसीले उडाएका थिए।
आइतबार पोखराको सेती नदी खोँचमा भएको जहाज दु”र्घटनामा परि मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले हालसम्म ५ जनाको सनाखत भएको बताए। लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको उनले जानकारी दिएका छन्। जहाज दु’र्घटनामा हालसम्म ६४ जनाको श’व फेला परेको छ । तर, श’व पहिचान गर्न कठिन रहेको छ । साथै, खोँचमा रहेका श’व निकाल्ने कार्य जारी रहेको छ ।