पाइलट अञ्जुको उचारचढाव जीवन, दु’र्घटनामा परेको जहाज उडाउने टिम


दु”र्घटना भएको यती एयरलाईन्सको ९– एनएसी एटीआर ७२ नामक जहाजकी पाईलट अञ्जु खतिवडाका पतिको १६ वर्ष अगाडि यती एयरलाईन्सकै जहाज दु”र्घटनामा मृ”त्यु भएको थियो ।आइतबार बिहान पोखरामा दु’र्घटना भएको यती एयरलाईन्सको जहाजलाई क्याप्टेन कमल केसीले उडाएका थिए । अञ्जु मोरङको विराटनगर महानगरपालिका–५ चाँदनी चोककी हुन् । जुम्लाको विमानस्थलमा २०६३ सालको जेठ २९ गते भएको यती एयरलान्सको जहाज दु”र्घटनामा अञ्जुका पति को–पाइलट दीपक पोखरेलको मृ’त्यु भएको थियो ।

सो दु”र्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । पतिको मृत्युपछि अञ्जुले अमेरिका गएर पाइलटको अध्ययन र प्रशिक्षण लिएकी थिइन् । अञ्जुले एक सय घण्टा उडान पूरा गरेकी छिन् ।अमेरिकाबाट नेपाल आएपछि अञ्जुले यती एयरलाईन्सको जहाज उडाउन थालेकी थिइन् । अञ्जुले प्राथमिक शिक्षा विराटनगरमा लिएकी थिइन् । उनले स्नातक तहसम्मको अध्ययन भारतबाट गरेकी हुन् । अञ्जु र दीपकको २२ वर्षकी छोरी छिन् । दीपकको जहाज दु’र्घटनामा मृ’त्यु भएपछि अञ्जुले सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन् । अञ्जु र सुवासबाट ७ वर्षीय छोरा छन् ।

क्याप्टन कमल केसी काठमाडौंको बुढानिलकण्ठ निवासी हुन् । उनले यती एयरलाईन्सको जहाज उडाउनु अगाडि केही समय नेपाल एयरलाईन्सको जहाज पनि उडाएका थिए । क्याप्टन केसी र पाईलट अञ्जु खतिवडासँगै जहाज दु’र्घटनामा दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आले मगरको पनि मृ’त्यु भएको छ ।

यती एयरको दुर्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ । विमान फ्रान्सेली र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसले निर्माण गरेको हो । यो विमान सर्वप्रथम सन् २००७ अगस्ट १७ मा भारतको किङ्फिसर एयरलान्सले ल्याएको थियो । त्यसबेला उक्त विमानको कल साइन भीटी–केएजे रहेको थियो ।

त्यसपछि सन् २०१२ मा उक्त विमान लिज बिक्रीका लागि राखिएको थियो । त्यसैअनुसार सन् २०१३ अप्रिल १ मा थाइल्यान्डको नोक एयरले एचएस–डीआरडी कलसाइनमा उक्त विमान लिएर चलायो । त्यसपछि सन् २०१८ मा उक्त विमान फेरि लिज बिक्रीका लागि राखियो । सन् २०१९ अप्रिल २६ मा यती एयरलाइन्सले लिजमा ल्याएर कल साइन ९एन–एएनसीमा उडाउन थालेको हो । दु’र्घटना भएको दिन पनि काठमाडौँ–पोखरा रुटमा तेस्रो उडानका क्रममा अवतरण गर्न लाग्दा दु’र्घटना भएको हो ।

पोखरामा आइतबार दुर्घ”टनामा परेको जहाज यही पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । उक्त जहाजले पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।