अमेरिकाबाट आएका राजन र लिन आएकी श्रीमती पनि विमान दु’र्घटनामा परे ।


चार वर्षअघि डिभी परेर अमेरिका गएका पोखरा महानगरपालिका– २५ हेम्जा घर भएका राजन सापकोटाले गत वर्ष माघमा घरमै आएर विवाह गरेका थिए । उनी श्रीमती अनिशा बानियाँलाई अमेरिका लैजान भन्दै चार दिनअघि काठमाडौं ओर्लिएका थिए । विवाह गरेको तीन महिनामै अमेरिका गएका श्रीमान् आफूलाई लिन आउने भएपछि अनिशा पनि लिनका लागि काठमाडौं गएकी थिएन् । नौ महिनापछि भेट भएका श्रीमान्–श्रीमती केही दिन काठमाडौंको बसाइपछि पोखरा आउने क्रममा दु’र्घटनामा परे ।

पोखराको सेती खोँचमा यति एयरलाइन्सको जहाज दु”र्घटना भएपछि बेपत्ता भएका एक जनाको श’व फेला परेको छ। सोमबार अपरान्ह ३ बजे सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीबाट एक जनाको श’व निकालेको हो । पानीबाट निकालिएको उक्त शवलाई गण्डकी अस्पताल लगिने भएको छ । दु”र्घटनामा परेका ३ जनाको अवस्था अझैँ अज्ञात छ । सशस्त्र प्रहरी बलका गोताखोरले अज्ञातहरुको खोजी गरिरहेको छ ।

बाँकी तीन जना बेपत्ताको खोजीका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ। आइतबार बिहान १०ः ३२ बजे काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा दु”र्घटना भएको थियो । जहाज दुर्घटनामा ४ जना चालक दल र ६८ यात्रु सवार थिए। हालसम्म ६९ जनाको श’व फेला परेको छ ।