आफ्नै आमाले कु”टपिट गरेर ह”त्या गरी खाडलमा पुरिएको अवस्थामा बालकको शब् ”फेला


डडेल्धुराको आलितालमा आफ्नै आमाले बच्चालाई कु”टपिट गरेर ह”त्या गरी खाडलमा पुरिएको अवस्थामा ”फेला परेको छ। जिल्लाको आलिताल गाउँ पालिका–८ पल्टेकुदिमा आफ्नै आमाले छोरालाई कु”टपिट गरी ह”त्या गरेर खाडलमा पुरेको अवस्थामा फेला परेको हो । महिलाकाअनुसार आफ्नो बच्चा आफ्नो घर छोडेर अरुको घरमा जाने गरेकोले कु”टपिट गरेको बताइन्। आलितालको समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत ८ वर्षीय भरत बोहराको आफ्नै आमा कलमती बोहराले कु”टपिट गरि ह”त्या गरेको स्विकार गरेको प्रह”रीले बताएको छ।

पुस १२ गते राती बच्चालाई आफूले सिस्नो पानी लागाइ उखुको लठ्ठीले कु’टपिट गर्दा मृ’त्यु भए पश्चात् खाडलमा हालेको स्विकारसमेत गरेकी छन्। स्थानीयका अनुसार बालकलाई आफ्ना आमा र कान्छी आमाले निरन्तर कुट”पिट गर्दै आएका थिए। अहिले बालकको शवलाई पो”स्टमार्टम गर्न डडेल्धुरा पठाइएको प्रह’री निरीक्षक गंगा दत्त बडुले बताए। ह”त्यामा संलग्न दुवै महिलालाई नियन्त्रणमा लिएको प्र”हरिले बताएको छ। बोहरा १२ पुसदेखि बेपत्ता थिए।

उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। बालकका बुवा गजेन्द्र बोहरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। स्थानीयकाअनुसार बच्चाको बुवा पनि घ”टनामा संलग्न रहेको बताएका छन्। बोहरा भारतबाट नेपाल आउँदै गरेको प्र”हरीले जनाएको छ।