छोरा बुहारीलाई अष्ट्रेलिया बिदाइ गरिन, आफू घर पुग्नै पाइनन सिता


बागलुङ नगर पालिका बडा न. १ कि “सीता खड्का” ले शनिबार राति खुसीका साथ आफ्ना कान्छा छोरा र बुहारी लाई त्रिभुवन विमानस्थलबाट अष्ट्रेलियाका लागि बिदाइ गरिन्। आइतबार बिहान सोही विमानस्थल बाट यती एयर लाइन्समा घर फर्कंदै गरेकी खड्का भने घर पुग्न पाइनन्। आइतबार बिहान पोखरामा भएको जहाज दु’ र्घटनामा उनको पनि निधन भयो। छोरा बुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा ढुबेको छ।

छोरा र बुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए। विवाहका लागि डेढ महिनाको बिदा लिएर नेपाल आएका खड्काका कान्छा छोरा आशिष खड्का र अन्सु खड्काले मंसिर २२ गते विवाह गरेका थिए। छोरा र बुहारीलाई शनिबार राति ११ बजे कर्मथलो अस्ट्रेलियाका लागि बिदाइ गरेकी खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले का’टिदिएको टिकटमा विमानबाट पोखरा जाँदै थिइन्।

आमाको मृ त्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए। ‘माइजू भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो, लामिछानेले भने, उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन्। यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुखी बनाएको छ।

दु”र्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’ सोमबार बिहान भेटिएको छ । आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दु”र्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो । उक्त बक्स मात्रै दुर्घटनाको कारण पत्ता लगाउने एक यन्त्र हो । जहाँ दु”र्घटना अघिका कुराहरु रेकर्ड भएका हुन्छन् । जुन दु”र्घटना भएको बेला नजल्ने यन्त्र पनि हो । दु”र्घटनापछि लगातार उद्धारका कार्य थालिएको थियो ।

तर राति भएपछि उद्धार गर्न प्रतिकुल भएपछि सोमबार बिहानैबाट पुन हराएकाहरुको खोजी थालिएको थियो । अझै केही मानिसहरु बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यतिबेला पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको श”वगृहमा राखिएको छ। शवहरुमध्ये २६ वटा पहिचान भएको जनाइएको छ । सरकारले मृतकहरुको शव आजै आफन्तहरुलाई बुझाउने तयारी गरेको छ ।