विद्यालयबाट घर फर्कंदै गरेकी १७ वर्षीय रञ्जिता मृ’त अवस्थामा फेला


खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बालिका मृ”त फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडि”एर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्र”हरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनरत थिईन् ।

ओठ, आँखा, घाँ’टीमा चो”ट देखिएकाले घटनालाई शं”कास्पद मानिएको वडाध्यक्ष गिरीले बताए । घ”टनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘ह”त्या गरेर झु”ण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झु”ण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताए । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी पत्ता लाग्न सकेको छैन ।ज्ञानीमायाँ घर नजिकै २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृ”त फेला परेकी थिईन् ।

३ पुसदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृ”त्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् । घ”ट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा श”व भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।

यस्तै-आइतबार पोखरामा यती एयरलायन्सको जहाज दु”र्घटनामा परी मृ”त्यु भएका केही व्यक्तिको श”व आज काठमाडौँ पठाउने तयारी गरिएको छ । श”वको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको श”व यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

“हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी शव परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्य श”व लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ । शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने प्रजिअ केसीले जानकारी दिनुभयो ।