धनगढीमा एक किशोरी झु”ण्डिएको अवस्थामा मृत अबस्थामा फेला परेकी छिन। धनगढी उप महानगरपालिका वडा नंम्बर ६ जालीकी १६ वर्षिया स्वस्तिका थापा मृ”त अवस्थामा फेला परेकी हुन् । मृ”त्युुको कारण खुलेको छैन। मृ”त भेटिएकी उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत बिद्यार्थी हुन्।
यो पनि पढ्नुहोस
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गर्नुभयो । उहाँले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गर्नुभयो । उहाँले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा ल्याए । यो केका लागि पदको लागि मात्रै हो कि, देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन ? पदको लागि मात्रै किन कुरा ? दल भन्दा माथिको कुरा गरिन्छ । कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर जान खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।’
सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गर्नुभएको थियो । जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गर्नुभएको थियो ।