काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छ’र्केर आगो लगाएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्र”हरीले जनाएको छ । घट”नाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्र”हरीको भनाइ छ ।
यो पनि पढ्नुहोस
नेकपा एमालेका सांसद योगेकुमार भट्टराईले नेपाली काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि काँग्रेसप्रति लक्षित गर्दै काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताउनु भयो । उहाँले काँग्रेस इतिहासमा हेर्ने हो भने पनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको दाबी गर्नुभयो ।
उहाँले काँग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ दिने र लिनेको पनि कुरा भयो, आज धेरै तीतो इतिहास नसम्झिऔँ भन्ने लागेको थियो । फेरि पनि सम्झना गर्ने बाध्यता आयो । नेपाली काँग्रेस र नेकपा एमालेको सम्बन्ध त्यस्तै छ । विगत हेर्ने हो भने एमाले सबैभन्दा बढी दिने र नेपाली काँग्रेस सबैभन्दा बढी लिने दलमा चिनिन्छ ।