कार खसेको ३ दिनपछि भेटियो बेपत्ता पुरूषको शव


३ दिनअघि चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता पुरूषको श’व फेला परेको छ। बिहीबार दिउँसो कार दुर्घटनामा परेको स्थानभन्दा सय मिटर तल पुरूषको श’व फेला परेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसा अहिले श’वलाई पानीबाट निकालेर मुचुल्का उठाउने काम भइरहेको छ । सोमबार साँझ बागमती किनारमा बा ५ च ५६५४ नम्बरको कार बागमती नदीमा खसेको थियो। कार खस्दा दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल बस्ने ४७ वर्षीय चालक राजकुमार खत्री बेपत्ता भएका थिए ।

उनीसँगै सवार रहेका उनकी श्रीमती अम्बिका लामिछानेको भने उद्धार गरिएको थियो । बेपत्ताको खोजी गर्न प्रहरीको विपद् व्यवस्थापन, सशस्त्र प्रहरी र प्रहरी प्रभाग भैसेपाटीको टोली उद्धारका लागि खटिएको थियो।

यो पनि पढ्नुहोस

बिहीबार सभामुख चयन भएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आगामी प्रतिनिधिसभाको बैठक माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने संसदका ज्येष्ठ नागरिक पशुपतिशम्शेर जबराले जानकारी दिए । साथै, उक्त बैठकमा उपसभामुख चयन गरिने पनि उनले बताए। बिहीबार सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई हराउँदै उनी सभामुखमा निर्वाचित भएका हुन् ।

घिमिरेको पक्षमा देवराज घिमिरेको पक्षमा १६७, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत खसेको थियो । संसद्मा २६८ सांसद उपस्थित रहेका थिए ।