संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने इलामका प्रेमप्रसाद आचार्यको मृ’त्यु


नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने इलामका प्रेमप्रसाद आचार्यको मृ”त्यु भएको छ । आ”त्मदाहको प्रयास गरेका उनलाई प्र”हरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृ’त्यु भएको अस्पतालले जानकारी दिएको छ । इलाम, पञ्चकन्याका ३७ वर्षीय आचार्यले आफैँले शरीरमा पट्रोल छर्किएर मंगलबार अपराह्न आगो लगाएका थिए ।

घ”टनाअघि उनले फेसबुकमा लामो स्टाटस लेख्दै कुनै उपाय लगाउँदा पनि बाच्न नसक्ने अवस्थाका कारण मृ”त्युलाई रोज्न बाध्य भएको उल्लेख गरेका थिए । विभिन्न व्यवसाय गर्दा धेरै ऋणमा डुबेर गरी खान नसक्ने स्थितिमा पुगेकाले आत्मह”त्याको निर्णय लिन पुगेको स्टाटसमा लेखेका छन् । उनी विवेकशील साझा पार्टीको इलाम जिल्लाको जिल्ला संयोजकसमेत रहेको खुलेको छ ।

यो पनि पढ्नुहोस
नेपाल संघीयता, गणतन्त्र, धर्म निरपेक्षतासहितको शासन व्यवस्था अवलम्बन गरेको मुलुक हो । तर, अझैपनि यस व्यवस्थाबारे पक्ष–विपक्षमा बहस एवं छलफल हुँदै आएका छन् । बहुमत दलहरु पक्षमा रहेपनि केही दलहरु यसको खारेजीकै विषय उठाउँदै आएका छन् । संविधान कानून मान्छु भन्दै कानूनको प्रचलित व्यवस्था टेकेर दल दर्ता गरेको राप्रपा र त्यहि कानून अनुसार मन्त्री बनेका व्यक्तिले नै शासन व्यवस्थाविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

मन्त्रीहरु नै व्यवस्थाविरुद्ध बोल्न थालेपनि सरकारको लक्ष्य र कानून कार्यान्वयनमै प्रश्न उठेको छ । यस्तो अवस्थाले आफूलाई संघीयताको जननी मान्ने माओवादी केन्द्र र संघीयता खारेजीको मुद्दा बोक्ने राप्रपाबीचको सत्ता गठबन्धन र सहकार्य समयक्रमसँगै थप बोझिलो बन्दै जाने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री बनेका ध्रुवहादुर प्रधानले संघीयता खारेजीको मुद्दालाई पार्टीले विस्तारै कार्यान्वयनमा लैजाने प्रयत्न गर्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्पष्टीकरण सोध्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा संघीयताबारे सरकारको धारणा माग गरिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्मा बसेर संघीयताविरोधि अभिव्यक्ति दिन नपाइने भन्दै स्पष्टीकरण सोध्ने बताएका छन् ।