पोखरा महानगरपालिकाद्वारा विमान दु’र्घटनास्थलमा श्रद्धाञ्जलीसभा


गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दु”र्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घ”टनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घ”टनाको १३औँ दिन पारेर विमान दु’र्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक ठीक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो । सो अवसरमा घ”टनामा नि’धन हुनुभएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलन समेत गरियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दु’र्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तव्ध भएको बताए । दु”र्घटनाका आला घा”उहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाई छ । उनले दु’र्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्र”हरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घ”टनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए । माघे सङ्क्रान्तिको विहान काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर विमान विहान १०ः५८ बजे पोखरा वडा नं ७ र १५ को सिमास्थित सेती नदीको खोँचमा दु”र्घटना भएको थियो । घ’टनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एकजनाको खोजी कार्य जारी छ । दु”र्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस
माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्या’न गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्या’न गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अनुसार माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ । सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।

सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् ।

यो पनि पढ्नुहोस
लोकगायक भीम पौडेलको मृ’त्यु भएको छ। उनको स्याङ्जास्थित घरमा बिहीबार बेलुका १२ बजे मृ’त्यु भएको हो। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालका अनुसार उनी दुई महिनादेखि बिमारी थिए। उनलाई निमोनिया भएको थियो। त्यसयता उनी घरमै आराम गरिरहेका थिए।

पौडेलको पार्थिव शरीरलाई शुक्रबार पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने दाहालले बताए। पछिल्लो समय गायक पौडेल आफ्नै युट्युब च्यानलमा लाइभ दोहोरी गाउँथे। उनले केही समयअघि पोखरा विमान दु’र्घटनामा परेकी गायिका निरा छन्त्यालसँग पनि लाइभ दोहोरीमा गीत गाएका थिए। उनले तिम्रो सिउँदो भर्न सकिनँ, रुमालै बैना, मरे मत मरेलगायत गीतमा स्वर दिएका छन्।