क्यानले ‘लिग टू’को खेलमा सन्दीपलाई बोलाएन, सन्दीपबाहेक २८ खेलाडी टिममा अटाए


नाबालिग जबर्ज”स्तीकरणी अभियोगमा २० लाख धरौटी बुझाएर जे’लबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजमा समावेश गरेको छैन । क्यानले यसअघि सन्दीपलाई खेलमा फर्काउनेबारे विचार गर्ने भने पनि लिग टूको त्रिकोणात्मक सिरिज खेलमा भने समावेश गरेको छैन । नामिबिया र स्कटल्याण्डविरुद्धको सिरिजका लागि सन्दीपबाहेक २८ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

लिग टूको सिरिजका लागि कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल, सन्दीप जोरा, यसैगरी किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रशिक्षका लागि बोलाइएका नयाँ क्रिकेटहरुमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ रहेका छन् । बिहीबारमात्रै क्यानका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकुवा गरेर खेलमा फर्काउनेबारे छलफल गरे पनि शुक्रबार घोषणा गरिएको लिग टूको खेलमा सन्दीपको नाम परेन ।

यो समाचार पनि पढ्नुहोस
आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घ”टनामा प्रहरीमा जाहेरी परेको छ। बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी दिएको प्र’हरीले जनाएको छ। उनीहरूले आत्मह”त्या दुरू”त्साहन मुद्दामा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। कति जनाविरूद्ध जाहेरी दिएको भन्ने उनले खुलाएनन्। स्वागत नेपाल लगायतको टोलीले टेकु पुगेर जाहेरी दिएका हुन‍्। आचार्यले सामाजिक सञ्जालमा उल्लेख गरेका सबै जनाविरूद्ध जाहेरी दिएको नेपालले बताएका छन‍्।

मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि इलाम घर भएका आचार्यले आफैंमाथि आगो लगाएका थिए। आगो निभाएर उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो। उनको मृ”त्युपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अस्पतालमै पुगेर मृतक परिवारसँग भेटेका थिए। आफूमाथि आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि, समस्या र मागलगायत विभिन्न विषय उठाएका थिए।

उनले उठाएका विषयमा छानबिन गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाएका थिए। त्यसअनुसार बुधबार बसेको मन्त्रिपरिषदले छानबिन गर्ने निर्णय समेत गरेको थियो। बिहीबार गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ। गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा समिति गठन भएको हो।अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्र”हरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहनेछन्।