लामिछाने मन्त्री र पार्टीको सभापति पनि नरहने


रवि लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वत: खारेज हुने भएको छ। नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ। लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति त के सदस्य पनि रहन अयोग्य भएका छन्। त्यस्तै सांसद र मन्त्री हुन पनि अयोग्य भएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिक हुन अयोग्य व्यक्ति पार्टी सभापति नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको बताए। उक्त पार्टीका सभापति रवि लामिछानले अमेरिका नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिएको छ। सर्वोच्चको अदालतको व्याख्याले रवि लामिछाने यतिबेला नागरिकताविहीन बनेका छन्।

पार्टी दर्ता गर्दा लामिछानेले पेश गरेको नागरिकता मान्य नहुने भएपछि उक्त पार्टीको सभापति पद समेत रिक्त भएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले सेतोपाटीसँग भने, ‘अब उहाँहरूको पार्टीले सभापति छान्नुपर्नेछ। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर भएको फैसला सुनाएको हो। उक्त फैसलासँगै लामिछानेले नेपालको नागरिकता लिन चाहे पुन:प्राप्तिको प्रक्रियामा जानु पर्ने हुन्छ।

यो समाचार पनि पढ्नुहोस
नाबालिग जबर्ज”स्तीकरणी अभियोगमा २० लाख धरौटी बुझाएर जेलबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजमा समावेश गरेको छैन । क्यानले यसअघि सन्दीपलाई खेलमा फर्काउनेबारे विचार गर्ने भने पनि लिग टूको त्रिकोणात्मक सिरिज खेलमा भने समावेश गरेको छैन । नामिबिया र स्कटल्याण्डविरुद्धको सिरिजका लागि सन्दीपबाहेक २८ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

लिग टूको सिरिजका लागि कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल, सन्दीप जोरा, यसैगरी किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रशिक्षका लागि बोलाइएका नयाँ क्रिकेटहरुमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ रहेका छन् । बिहीबारमात्रै क्यानका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकुवा गरेर खेलमा फर्काउनेबारे छलफल गरे पनि शुक्रबार घोषणा गरिएको लिग टूको खेलमा सन्दीपको नाम परेन ।