आ”त्मदाह गरेका आचार्यकी श्रीमतीले दिइन् प्र’हरीमा जाहेरी


आ”त्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आत्मह”त्या गर्न दुरु”त्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्र”हरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन् । परिसरका प्रमुख, प्र’हरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घ”टनाको अनुसन्धान गरी पाऊँ भनी किटानी जाहेरी परेको जानकारी दिए ।

काठमाडौँको नयाँ बानेश्वरमा यही माघ १० गते शरीरमा प्रज्वलनशील पदार्थको प्रयोग गरी आगो लगाउँदा ग”म्भीर घा”इते भएका आचार्यको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ११ गते बिहान नि”धन भएको थियो । आचार्यले आ”त्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिनुभएको छ । ‘मृ’तक श्रीमान्ले आफ्नो फेसबुकमा आत्मह”त्या गर्नुअघि पोष्ट गरेको मृ”त्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शङ्काको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्दछु’, जाहेरीमा उल्लेख छ ।

जाहेरीमा आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गरेको कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम समावेश छ । जाहेरीमा ‘उक्त घ”टना के कसरी घट्न गयो ? आवश्यक अनुसन्धान गरी पाऊँ’ उल्लेख छ ।

यो पनि पढ्नुहोस
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमाले नै उम्मेदवार खडा गर्ने बताएका हुन्।

राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उनले बताए। नेम्वाङले यस विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे। त्यस्तै उनले रवि लामिछानेमाथिको अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने टिप्पणी गरे।

कानूनबमोजिम जो कोहीमाथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रूपमा दिन नहुने उनको भनाइ छ। नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताए।