सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार काठमाडौंको माइतीघरमा उनका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागीको आरोप छ। प्रदर्शनकारीले प्रशासनको विरोधमा नारावाजी पनि गरेका थिए। सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासले पदबाट बर्खास्त गर्न आदेशअनुसार शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका हुन्। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको भन्दै लामिछानेलाई पदबाट बर्खास्त गरिएको थियो। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका समर्थकले माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध र्याली निकालेका छन् ।उनीहरुले निर्वाचन आयोग नेपाल र सर्वोच्च अदालतको फैसलाको विरोध गरेका थिए।
यो पनि पढ्नुहोस
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमाले नै उम्मेदवार खडा गर्ने बताएका हुन्। राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उनले बताए।
नेम्वाङले यस विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे। त्यस्तै उनले रवि लामिछानेमाथिको अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने टिप्पणी गरे। कानूनबमोजिम जो कोहीमाथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रूपमा दिन नहुने उनको भनाइ छ। नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताए।