पोखरामा एक सहकारीका व्यवस्थापकले आ’ त्मह’ त्या गरेका छन् । पोखरा ११ रानीपौवामा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रहेका लेखुराम खातीले साँझ ७ बजे आफ्नै घरको कोठामा पा’ सो लगाएर आ’ त्मह’ त्या गरेका हुन् । उनले पोखरा ९ नयाँबजारस्थित पृथ्वीचोकमा रहेको घरमा नै आ’ त्मह’ त्या गरेको वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ ।उनी चार महिनाको छोरा र एक छोरीका पिता हुन् । उनले आ’ त्मह’ त्या गरेपछि श्रीमती’ बेहोस भएकी छन् ।
उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ ।३८ वर्षका उनलाई नजिकबाट चिन्नेहरुका अनुसार उक्त सहकारीले पछिल्लो समयमा बचतकर्ताको रकम फिर्ता दिन सकिरहेको थिएन । सेयर सदस्यले पनि उनीमाथि दबाब बढाइरहेका थिए । प्रहरीले घटनाबारे बिस्तृत जानकारी सोमबार दिने भएको छ ।खातीले धेरै ऋण रहेको र दुई/ तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर
डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उन दबाब महसुस गर्न थालेका थिए । वडाध्यक्ष मर्सानीका अनुसार खाती आइतबारको सेयर सदस्यसँगको बैठकमा सहभागी भएर आएका थिए ।व्यक्तिगत ऋण र सहकारीको दबाबका कारण उनी पछिल्लो समय तनावमा रहेको उनका निकटस्थ बताउँछन् । उनको पाइन्टमा आफूले तिर्नुपर्ने ऋण र व्यक्तिको नाम टिपोट गरेको नोट भेटिएको छ ।
खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईले बताए ।
यो पनि पढ्नुहोस
वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रपतिको निर्वाचन पेचिलो बन्दै गइरहेको छ । नेपाली काँग्रेसले बारम्बार राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने माग अघि सारिरहेको छ भने सत्ता पक्षमै पनि सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनाउने वा नेपाली काँग्रेसहितलाई समेटेर राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक भइरहेका छन् । अहिलेसम्म सत्ता गठबन्धन दलभित्र नै काँग्रेसले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएसँगै काँग्रेसलाई पनि समेटेर अघि बढ्नुपर्ने वक्तव्य आइरहेका छन् ।
अर्कोतिर नेकपा एमाले र माओवादी केन्द्रका केही नेताहरु भने नेकपा एमालेले नै राष्ट्रपति पाउने सहमति गठबन्धनमा भइसकेको दाबी गर्दै आइरहेका छन् । यसै विषयमा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेसले राष्ट्रपतिमा दाबी गर्ने भए काँग्रेसले आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्ने बताउनुभएको छ । प्रतिपक्ष पनि भन्ने र अर्कोतिर सत्ताको हिस्सेदारी पनि खोज्ने प्रवृत्ति अलोकतान्त्रिक भएको उहाँको भनाइ छ । सत्तापक्षले आन्तरिक समझदारीमा राष्ट्रपतिको उम्मेदवार उठाउने बताउँदै उहाँले काँग्रेस वर्तमान सत्ता समीकरणलाई तत्काल विघटन गर्न कुत्सित मनशायका साथ बसेको आरोप समेत लगाउनु भयो ।