गुल्मीमा महिलाको ह’त्या: अघिल्लो दिन आएका थिए तीन जना पाहुना


गुल्मीमा ह”त्या गरिएकी महिलाको घरमा अघिल्लो दिन पाहुना आएको खुलेको छ। आइतबार बिहान ८ बजेतिर मुसिकोट नगरपालिका वडा नम्बर ७ बागलुङ सिमानामा पर्ने घरमा एक महिलाको श’व फेला परेको थियो। ५७ वर्षीया गंगादेवी शेरचनको श’व फेला परेको हो। २ तले कच्ची घरमा उनी एक्लै बस्थिन। घरकै भुइँ तलामा उनले सानो होटल चलाउने गर्थिन्। उनको घर नजिकै खोला छ। खोलापारि उनकी बहिनी बस्छिन्। गंगादेवी बिहान अबेरसम्म घर बाहिर ननिस्केपछि छिमेकीले बहिनीलाई खबर गरेका थिए।

गंगादेवीको ह”त्यामा धा”रिलो ह”’तियार प्रयोग नभएको उनले बताए। भित्री चो”टका कारण उनको मृ”त्यु भएको हुनुपर्ने प्रहरीको प्रारम्‍भीक अनुसन्धानबाट देखिएको छ। पो”ष्टमर्टम पछि मात्रै यसबारे थप खुल्ने उनले बताए। गंगादेवीको घरमा अघिल्लो दिन पाहुना आएका थिए। ३ जना पाहुना आएको अनुसन्धानबाट खुलेको उनले बताए। ती पाहुना को थिए भन्ने खुलेको छैन। घट”नास्थलमा गंगादेवीको मोबाइल पनि भेटिएको छैन।

बहिनी आएर हेर्दा दिदी (गंगादेवी) भुइँमा लडेको देखेकी थिइन्। उनले प्र”हरीलाई घटनाबारे जानकारी दिइन्। लगत्तै प्रहरी घ”टनास्थल आएको थियो। घट”नास्थलमा एसपी अर्जुन रानाभाट पनि पुगेका थिए। गंगादेवीको घरको मुल ढोका बन्द रहेको र पछाडीपट्टी रहेको ढोका भने खुला रहेको पाइएको रानाभाटले जानकारी दिए। हात-खुट्टा बाँधिएको र मुखमा टेप लगाएको अवस्थामा गंगादेवीको शव फेला परेको थियो। ‘टेपले हात, खुट्टा र मुखमा बाँधेको देखिन्छ। कार्टुनमा बाँध्ने टेप पनि भेटियो। मुख, आँखा र टाउकोमा रगत देखिन्छ, अन्त चोट थिएन।’

‘बेलुकी पाहुना आउँछन् भनेर छिमेकीसँग कुरा गरेको पाइयो, तर को पाहुना हुन् खुलेन। छिमेकीले पनि देखेनछन्। ती पाहुना राति त्यहीँ बसे कि भन्ने प्रारम्भीक अनुसन्धानले देखाउँछ,’ उनले भने। घटना भएपछि प्र”हरीले तालिम प्राप्त कुकुर सहितको टोली झिकाएको छ। डिएसपीकै कमान्डमा घ”टनास्थलमै बसेर अनुसन्धान भइरहेको छ।

यो पनि पढ्नुहोस
पोखरामा एक सहकारीका व्यवस्थापकले आ’ त्मह’ त्या गरेका छन् । पोखरा ११ रानीपौवामा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रहेका लेखुराम खातीले साँझ ७ बजे आफ्नै घरको कोठामा पा’ सो लगाएर आ’ त्मह’ त्या गरेका हुन् । उनले पोखरा ९ नयाँबजारस्थित पृथ्वीचोकमा रहेको घरमा नै आ’ त्मह’ त्या गरेको वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ ।उनी चार महिनाको छोरा र एक छोरीका पिता हुन् । उनले आ’ त्मह’ त्या गरेपछि श्रीमती बेहोस भएकी छन् ।

उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ ।३८ वर्षका उनलाई नजिकबाट चिन्नेहरुका अनुसार उक्त सहकारीले पछिल्लो समयमा बचतकर्ताको रकम फिर्ता दिन सकिरहेको थिएन । सेयर सदस्यले पनि उनीमाथि दबाब बढाइरहेका थिए । वडाध्यक्ष मर्सानीका अनुसार खाती आइतबारको सेयर सदस्यसँगको बैठकमा सहभागी भएर आएका थिए ।व्यक्तिगत ऋण र सहकारीको दबाबका कारण उनी पछिल्लो समय तनावमा रहेको उनका निकटस्थ बताउँछन् । उनको पाइन्टमा आफूले तिर्नुपर्ने ऋण र व्यक्तिको नाम टिपोट गरेको नोट भेटिएको छ ।

प्र’हरीले घटनाबारे बिस्तृत जानकारी सोमबार दिने भएको छ ।खातीले धेरै ऋण रहेको र दुई/ तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उन दबाब महसुस गर्न थालेका थिए ।खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईले बताए ।