प्रधानमन्त्री प्रचण्डले रविलाई गृहमन्त्री नबनाउने, सर्वाेच्चको पूर्णपाठ पर्खिने


सर्वाेच्च अदालतले रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक नगरेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालय कसैलाई नदिने भएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री प्रचण्डले लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको पूर्णपाठ नआएसम्म गृहमन्त्री कसैलाई नबनाउने बताएका हुन् । उनले बैठकमा भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’

सर्वाेच्चले नागरिकता मुद्दामा लामिछानेलाई दोषी ठहर गरेसँगै उनले पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद गुमाएका थिए । पद गुमाएपछि उनले सम्हालेको गृह मन्त्रालयल प्रधानमन्त्री प्रचण्डले नै सम्हालेका थिए । तर, लामिछानेले गृहमन्त्रीबाट पदमुक्त भएको २ दिनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रक्रिया पुर्याएर पुनः नागरिकता लिएका थिए । नागरिकता लिएसँगै रवि पुनः गैरसांसदका हैसियतले गृहमन्त्रालयमा फर्किन दौडधुप बढाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने गैरसांसदलाई मन्त्री बनाउँदा आलोचना हुने डरले रविलाई तुरुन्तै गृहमन्त्री बनाएनन् । प्रधानमन्त्री प्रचण्डले रविलाई गृहमन्त्री बनाउन आलटाल गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रविलाई जसरी भए पनि सरकारमा सामेल गर्न दबाब दिएका थिए । र, प्रचण्डसँग रविले पटकपटक भेटवार्ता पनि गरेका छन् । मंगलबार पनि दुईबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्रीसमक्ष आफूलाई गृहमन्त्री नबनाइए सरकारबाट बाहिरिनेसमेत चेतावनी दिइएको बुझिएको छ ।

यो पनि पढ्नुहोस
पोखरा हवाई दु”र्घटनामा मृ”त्यु भएकामध्ये छ जनाको श”व पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दु””र्घटनाान परी श”व अत्यधिक ज”लेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए। उनका अनुसार नेपाल प्र”हरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो ।

उनले परिवारको नमुना सङ्कलन र छजना श”वको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच श”व पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दु”र्घटना हुँदा ७२ जनाको निध”न भएको थियो ।