गुल्मीमा एक महिलाको ह”त्या भएको झण्डै एक साता हुनै लाग्दा पनि यहाँको प्रहरीले ह”त्यारा पत्ता लगाउन सकेको छैन । गत आइतबार बिहान जिल्लाको मुसिकोट नगरपालिका –७ वामिटक्सार बजार नजिकै न्वारास्थित होटलमा ५७ वर्षीया अविवाहित महिला गङ्गादेवी शेरचन मृ’त अवस्थामा फेला परेकी थिइन । होटलभित्र चेन गेट लगाको अवस्थामा भुइ समेत रक्ताम्य हुने गरी उनको श”व फेला परेको थियो । दुवै हात पछाडि लगाएर बाँधेर शव घो”प्टो पारिएको थियो ।
अहिलेसम्म करिव ५० जनालाई सोधपुछ गरी सकेको बताउँदै अनुसन्धानमा प्रगति नजिक पुगिनसकेको डीएसपी खरेलको भनाइ छ । शेरचन बिगत ३० वर्षअघिदेखि त्यस घरमा होटल गरेर बसेकी अविवाहित महिला हुन् । उनको बुटवल, स्थानीयदेखि पर्यटकीय क्षेत्र ढोरपाटनसम्म धुप्रै घडेरी र खेतबारी जोडेकी र प्रसस्तै सुन, नगद सहित सम्पत्तीवाला महिला भएको बताइन्छ । एउटा यौनिक र अर्को आर्थिक कारण ह”त्याको कारण हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । प्र”हरीको प्रारम्भिक अनुसन्धानले भने हत्याको कारण आर्थिक नै हुन सक्ने डीएसपी खरेलको भनाइछ ।
गङ्गादेवी को खुट्टा पनि सेलो टेपले नै बाँधिएको थियो । त्यो दृश्यले कसैले सुनियोजित रुपमा उनको ह”त्या नै गरेको हो भनेर ठोकुवा भए पनि प्रहरीले अभियुक्तको सुराक समेत पाउन सकेको छैन ।घ”टना स्थलमा पुगेका जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन रानाभाट ह”त्याको आशंका मात्रै गर्न सकिने बताएका थिए । अहिले आएर बल्ल प्र”हरीले ती महिलाको ह”त्या नै भएको पुष्टि गरेको छ । घ”टनास्थलको दृश्य वर्णन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवराज खरेलले महिलाको ह”त्या भएको तर ह”त्यारा पत्ता लगाउन अनुसन्धान तीब्र पारिएको बताए ।
त्यस दिन दिउँसो ११ देखि १२ बजेको बीचमा एक जना ठेकेदार भनिने मान्छेसहित तीन जना मानिस आएका थिए । ठेकेदार भनिने मान्छेले मात्रै नास्ता गरेर हिंडेको । फेरि करिब ३ बजेको समयमा तिनै मान्छे आएर होटलभित्र पसेको । साँझसम्म उनीहरु त्यहाँ रहेको मृतक शेरचनले घरै अगाडि कि महिला जैकला कुमाललाई उक्त कुरा सुनाएकी थिइन ।
यो समाचार पनि पढ्नुहोस
गुल्मीमा एक जना भारतीय नागरिकको ह”त्या भएको छ । ह”त्यामा संलग्न भएको आरोपमा प्र”हरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको ह”त्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । उनले बयानका क्रममा दम्पतीले आ”रोप स्वीकार गरेको दाबी गरे ।
बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्र”हार गरी हत्या गरेको बताएको प्र”हरीको भनाइ छ । दम्पतीले हत्या गरी शव नदीमा फालेका थिए । उक्त शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रह”री निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घ”टनाको अनुसन्धान गरेको थियो ।
श”व हेर्दा टाउको तथा निधारको भागमा गहिरो चो”ट लागेकाे देखिएकाले शंकास्पद लागेपछि घ”टनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शं”कास्पद देखिएका छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरुले ह”त्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।